१५ चैत २०८०

एन. आर. एन. ए. बेल्जियम को सदस्यता वितरण तथा नबिकरण सम्वन्धि जरुरी सूचना

0

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको गत ०७ जुन २०१५ दिन बसेको बैठकले आगामी २३ अगष्ट २०१५ का दिन संघको पाचौ अधिवेशन तय गरेको छ । बेल्जियम स्थित गैर आवासीय नेपाली हरुलाई सस्थाको सदस्यता वितरण तथा नबिकरण को लागी देहाय बमोजिम अनुसार सदस्यता निवेदन खुल्ला गरिएको जानकारी गराईएको छ ।

१)     गैर आवासीय नेपाली संघ बेल्जियमको साधारण सदस्य तथा पंजीकृत सदस्यताको वितरण तथा नबिकरण को  लागी ०७ जून देखि ३१ जूलाई २०१५ सम्म सदस्यता आवेदन फारम खुल्ला गरिएको छ ।

२)     गैर आवासीय नेपाली संघ बेल्जियमको साधारण तथा पंजीकृत सदस्यता निवेदन फारम बेल्जियमका बिभिन्न क्षेत्रमा उप-संयोजक संग सम्पर्क गरि निवेदन दिन सकिने छ ।

क)     लुभेन क्षेत्र :-  

उप-संयोजक :- राम हरी घिमिरे  (०४८७७१०१८९)

ख)    आन्त्रोपेन क्षेत्र :- 

उपसंयोजक :- हेमराज सापकोटा (०४८६५७७१२०)

ग)     ब्रसेल्स क्षेत्र :-

उप-संयोजक :- अर्जुन धिमिरे (०४८६५७१६६८ )

घ)     गेन्ट क्षेत्र :-

उप-संयोजक :- कृष्ण पराजुली (०४८४०६३१७१)

ङ)     ब्रुगे ओस्टन्डे क्षेत्र :-

उप-संयोजक :- मोहन राउत

३)     गैर आवासीय नेपाली संघ बेल्जियमको साधारण तथा पंजीकृत सदस्यताको शुल्क नया निवेदन शुल्क यूरो १५ र नबिकरण को लागी यूरो १० लाग्ने छ ।

४)     गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदनको लागी २ बर्ष बेल्जियममा स्थाई/अस्थाई रुपमा बसोबास गरेको हुनुपर्ने छ । साथै दुई बर्ष भन्दा बढी पेशा, रोजगारी वा ब्यवसाय गरी बसेका नेपाली नागरिक तथा नेपाली मूलका बिदेशी नागरिक निजको हजुर-बुवा हजुर-आमा, बाबु आमा, नेपाली नागरिक रहेकोले सदस्यताको लागि आबेदन दिन सक्नेछन ।

५)     गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदनको लागी १८ बर्ष पुरा गरेको हुनु पर्ने छ । सन् १९९७ को जुलाई ३१ भन्दा अगाडि जन्म भएका ब्यक्तिले सदस्यताका लागि आबेदन दिन सक्नेछन ।  

६)     गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता आबेदनको लागि बेल्जियममा कम्तिमा पनि २ बर्ष  बसोबास गरेको प्रमाण खुलेको  (ID-Card/Passport/Annex ) को फोटो कपी  र दस्तुर शुल्क सहित पेश गर्नु पर्ने छ । फारम संगै दुइ प्रति पासपोट साईजको फोटो अनिबार्य हुनु पर्नेछ ।

७)     नेपाल देखि बेल्जियममा अध्ययन गरिरहेका नेपाली बिध्यार्थीहरु र कुट्नितिक नियोगका कर्मचारी तथा तिनका परिवारले गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यताको लागी निवेदन दिन पाउने छैनन् ।

८)     गैर आवासीय नेपाली संघ बेल्जियमको वेबसाइट http://nrnbelgium.org/images/files/membership%20application%20form.pdf  बाट डाउनलोड गरि सदस्यता फारम प्रिन्ट गर्न पनि सकिने छ ।

९)     NRN ICC ले पारित गरेको नया विधान अनुरुप NCC हरुलाई निर्देशन गरेको बिधानतह रीत पुगेका सबै गैर आवासीय नेपालीहरुले NRNA NCC बेल्जियमको आवेदन फारम पेश गर्न सक्ने छन ।

१०)   रीत नपुर्याई अस्पष्ट कागजात सहित पेश गरिएको निवेदन लाई खारेज गरिने छ ।

११)    सदस्यता आबेदनका लागि क्षेत्रीय  प्रतिनिधिलाई स्वयं उपस्थित भएर बुझाउनु पर्नेछ । आँफै उपस्थित हुन नसकेमा एक घरको परिवारका सदस्य तथा ‘रूम पार्ट्नर’ले फारम  बुझाउन सक्नेछन । समूहगत रूपमा सादस्यता आबेदन फारम बुझाउन पाईने छैन ।

१२)   गैर आवासीय नेपाली संघ बेल्जियमको माथि उल्लेख गरिको अन्तिम मिति सम्म सदस्यता फारममा उल्लेख गरिएका सबै विवरण भरेर बुझाउनु पर्नेछ ।

१३)  प्रकृया पु-र्याएर आएका सदस्यताका निवेदनहरुलाई अन्तिम रूजु गर्ने अधिकार समितिमा निहित हुन्छ र निजले  चुनावी प्रकृयामा भाग लिन पाउने छन ।

१४)   प्रारम्भिक सदस्यता र  जुनियर एनआरएन ए सदस्यताका लागि यो समितिले आबेदन लिने छैन । त्यस्तो सदस्यता कार्य समिति आँफैले ब्यबस्थापना गर्नेछ । 

१५)   गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता प्राप्त गरेका सदस्य हरुलाई सदस्यता कार्ड क्षेत्रीय उप-संयोजक द्वारा सम्वन्धित क्षेत्रमा वितरण गरिने छ ।

१६)     गैर आवासीय नेपाली संघ बेल्जियमको पाचौ अधिवेशन लाई ध्यानमा राखी स्थाई रुपमा आगामी १ जूलाई देखि ३० अगष्ट सम्म सस्थाको अधिवेशन सम्वन्धित काम कारवाही को लागी  Diestsesteenweg 65, 3010 Kesselo-Leuven मा खोलिएको कार्यालयमा गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदन फारम बुझाउन पनि सकिने छ ।

 

बिष्णु सापकोटा

सदस्यता वितरण तथा नबिकरण

संयोजक तथा सचिव एनआरएन ए बेल्जियम

Share.

Leave A Reply