०८ वैशाख २०८१

जुरिच नेपाली स्पोर्टस क्लबको आयोजनामा दोस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा। ६ टिमको सहभागिता रहने।

0

खेलकूदको माध्यमबाट प्रवासी नेपालीवीच प्रोत्साहन गदै नेपाली सांस्कृतिक पक्षहरू साटासाट गरिने गर्ने उद्देश्य सहित नेपालमा महाविपतिको पिडामा गुर्जिरहेका हामी स्वीसवासी नेपालीहरु यो प्रतियोगिताको माध्यमले एकै ठाउमा भेला भई नेपाल र नेपालीलाई साथ् दिने हेतुले जुरिच नेपाली स्पोर्टस क्लबको आयोजनामा  स्विट्जरल्याण्डका नेपाली राजदुत महामहिम दिपक धिताल ज्युको प्रमुख आथित्यमा  मे ३१ तारिख आइतवारको दिन स्विट्जरल्याण्डको  जुरिचमा हुने अन्तर नेपाली दोस्रो रनिंग शिल्ड फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ। अहिले सम्म प्राप्त जानकारी अनुसार खेलमा ६ टिमको सहभागिता रहने पक्का  भएको छ। 

आयोजक कमिटिका लोकेन रानाका अनुसार खेलका लागि सम्पूर्ण तयारी पुरा भै सकेको र सहभागीलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो  साथै उहाका  अनुसार प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न जुरिच स्थित नानु नेपाली रेस्टुरेन्ट मार्फत धिरज राउतले बेलुकीको नेपाली खाना र स्वीस-नेपाली समाज स्विट्जरल्याण्डले   पदक , सुरज श्रेष्ठले फलफुल र  दिर्घ श्रीस मामाले पेय पदार्थ प्रायोजन गर्नु भएको  बताउनु भयो। 

क्लबका अध्यक्ष देव राईले प्रतियोगिताका लागि हल , ग्राउण्ड देखि सबै तयारी गरिसकेको अवस्था भएकोले  नेपाल विपतिको घडीमा गुज्रिरहेको बेलामा  शोकलाई शक्तिमा बदल्ने हेतुले कार्यक्रम गर्न लागिएको र जुरिच नेपाल स्पोर्ट्स क्लबले महाभुकम्प पिडितका लागि राहत संकलन गरिरहेकोले त्यस कार्यलाई निरन्तरता दिदै यो प्रतियोगिता नेपालमा विपतिमा परेर ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाई दिदीबहिनीप्रति समर्पित रहने बताउनु भयो।  

स्विट्जरल्याण्डमा बसोबास गर्ने सम्पूर्ण  नेपालीहरुलाई समाबेश गराउनुको साथै युवाहरुलाई एकजुट गराउने उदेश्य  सहित फुटबल खेलको आयोजना गरिएको  जानकारी गराउदै सम्पूर्ण स्वीस वासी नेपाली दाजुभाई दिदीबहिनीहारुलाई उपस्थितिका लागि हार्दिक  अनुरोध  गर्दछौ साथै यसै ZNSC दोस्रो रनिग् शिल्ड प्रतियोगिता मार्फत आगामी जुनमा  हुन गईरहेको NRN European cup को लागि  खेलाडी छनोट गरिने हुदा यहाँहरु सँग भएको प्रतिभा  प्रदर्शन गर्ने मौक़ा नगुमाउनु होला। प्रतियोगिता अन्तमा नेपाली खानाको पनि  ब्यवस्था गरिएको छ।  

खेल सम्बन्धि नियमहरु –

२.दर्ता शुल्क ४०० स्वीस फ्रान्क हुने छ।

३.फुटबल जर्सि अनिवार्य 

४.प्रथम पुरुस्कार -नगद ८०० स्वीस फ्रान्क, रनिग्ङ शिल्ड र मेडल

५.दोस्रो पुरुस्कार – नगद ५०० स्वीस फ्रन्क र मेडल

६तेस्रो पुरुस्कार – मेडल

७.सर्वोकृष्ट खेलाडी र प्रतियोगिता भरिमा सबैभन्दा धेरै गोलगर्नेलाई पनि  पुरस्कारको व्यबस्था गरीएको छ।

८.खेल शुरु  हुने समय ठीक १० बजे 

कार्यक्रम हुने मिती – 31 May 2015 

स्थान  :      Hallenbadweg 6, 8610 Uster (from Uster bahnhof take bus number 812 and get off at Riethalle bus stop, or bus # 830 and get off at Sportszentrum bus stop. The journey is just 10minutes)

Hall( bojanalaya)   : Zürichstrasse 30, 8610 Uster

सम्पर्क फोन नम्बरहरु 

लोकेन्द्र राना – 0764546762

अर्जुन बस्ताकोटी – 0763986036

देव राई – 0789044555 

काजी शेर्पा – 078 815 25 75 

आयोजक 

जुरिच नेपाली स्पोर्ट्स क्लब , स्विट्जरल्याण्ड

Share.

Leave A Reply