१२ वैशाख २०८१

स्वीट्जरल्याण्ड बस्ने एक नेपालीको पहलमा १२७ परिवारलाई जस्तापाता बितरण

0

लामो समयदेखि स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका राजेश खड्गीले आफ्नो व्यक्तिगत प्रयासमा नुवाकोट जिल्लाका भूकम्प प्रभावित १२७ परिवारहरुलाई जस्ता पाता बितरण गरेका छन् ।

ABB3
गत बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्प र त्यसले निम्त्याएको महाबिपत्तीबाट मर्माहत भएका उनले नेपालको अवस्था टुलुटुलु हेरेर बस्न नसकी आफ्नो कम्पनीबाट छुट्टी मिलाएर नेपाल आई घरबास बिहिन भई के खाउं र कहां बसौं भनेर तड्पीएका ती नेपालीहरुको पहिलो आवश्यकता सुरक्षित बासको प्रबन्ध गर्नु हो भन्ने सोचका साथ नुवाकोट जिल्ला चौघडा गाविस वडा नं. बानियांटारका पीडित १२७ घर परिवारलाई राहत स्वरुप जस्ता पाता वितरण गरेका हुन् ।

ABB1 ABB2
स्वीट्जरल्याण्डबाट नेपाल आउने तयारी गर्दै गर्दा आफू कार्यरत कम्पनीका अन्य कर्मचारीहरुले पनि नेपालमा परेको बिपत्तीमा आफूहरुले पनि सहयोग गर्न चाहेको भनि कम्पनीको म्यानेजरको सहयोगमा सहयोग संकलन गरी नेपाल आएको र सो रकममा आफूले पनि थप गरी यहांका पीडित नेपालीहरुलाई उनीहरुको घाउमा मल्हम लगाउने हेतूले राहत बितरण गरेको खड्गीले बताए । आफूले बितरण गरेको राहतले पीडितहरुको सबै आवश्यकता पूरा हुन नसके पनि बर्षा यामको पूर्व सन्ध्यामा ती परिवारलाई ओत लागेर बस्न सक्ने अवस्था बनाइदिन सकेकोमा आफूलाई गर्व लागेको खड्गीले बताए ।

ABB4 ABB6 ABB7
नेपालमा आई परेको यो बिपत्तीले नेपालमा बस्ने नेपालीहरुमात्र होइन नेपाल बाहिर बस्ने प्रवासी नेपालीहरुलाई पनि उत्तिकै मर्माहित बनाएको र उनीहरु कुनै न कुनै तबरले राहत संकलन तथा बितरणमा सरिक भएको देखिएको छ । सोही सेरोफेरोमा आफ्नो देश र परिवारको माया सम्झेर नै १५ वर्षदेखि स्वीट्जरल्याण्ड बस्दै आएका खड्गी आफू कार्यरत ABB Semiconductor कम्पनीमा कार्यरत कर्मचारीबाट संकलित केही राहत लिएर नेपाल आएका हुन् ।

ABB ABB8 ABB10ABB ABB8 ABB10
उनी नेपाल आएपछि नेपालको अवस्था देख्दा आफूलाई अत्यन्तै दुःख लागेको भन्दै आफूले चाहेर पनि सबै स्थानमा राहत बितरण गर्न नसकेको उनले बताए ।
राहत वितरण गर्ने क्रममा उनले ललितपुर जिल्लाको इमाडोल महालक्ष्मी नगरपालिका स्थित Helping Society लाई बिपत्तीमा परेका स्थानीयहरुको सहयोगार्थ पचास हजार रुपैयां ५००००। हस्तान्तरण गरेका छन् भने आफ्नो जन्मस्थान कामपा २९ वडा ठमेलमा भत्केका घरहरुको पुनर्निमाण तथा त्रिपाल वितरणमा सहयोग पुगोस भनि तीस हजार रुपैयां सहयोग गरेका छन् ।
यसै हप्ता स्वीट्जरल्याण्ड र्फकन लागेका खड्गीले नेपालको वर्तमान अवस्था देखेर आहत भएको आफूले स्वीट्जरल्याण्ड गएपछि पनि नेपाल र नेपालीहरुको सहयोगको लागि सक्दो प्रयास गर्ने तथा त्यहांका अन्य स्थानीय तथा कम्पनीमा कार्यरत व्यक्तित्वहरुलाई समेत आग्रह गर्ने बताएका छन् ।

ABB9 ABB12 ABB13 ABB11
अन्त्यमा उनले यस बिपतको घडीमा आफूले गरेको सानो पहललाई आत्मसाथ गरेर राहत बितरणमा आफूलाई नेपालमा बिषेश सहयोग गर्ने अर्जुनलाल प्रधान, चर्चित गायक जोहेब मानन्धर, सगेस पुरी, दिपेश श्रेष्ठ, विपिन जोशी लगायतका अन्य स्वयमसेवक साथीहरु र सहयोग संकलनमा स्वीट्जरल्याण्डबाट विशेष सहयोग गर्ने ABB कम्पनीका म्यानेजरMr. Almir, Mr. Martin Tendar, MS. Erceg visnia, Ms. Aisa, Ms. Jimle लगायत अन्य सम्पूर्ण सहयोगी हातहरुलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।

Share.

Leave A Reply