१३ वैशाख २०८१

एमाले नेता नेपाललाई पितृशोक

0

काठमाडौँ, जेठ ५ गते। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ। उहाँका पिता मङ्गलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा कोटेश्वरस्थित निवासमा आज बिहान ७ बजे निधन भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो।

उहाँ केही साताअघि अस्वस्थ भई पाटन अस्पतालमा उपचार गरी निवासमै आराम गरिरहनुभएको थियो। शिक्षासेवी र समाजसेवी उपाध्यायका धर्मदर्शन तथा व्याकरणसम्बन्धी चारवटा पुस्तक प्रकाशित छन्। उपाध्यायको आज अपराह्न १:३० बजे शोकसभासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

विसं १९७३ असोज २५ मा रौतहटको गौरमा जन्मनुभएका उपाध्यायका तीन छोरा र तीन छोरी हुनुहुन्छ। रासस

Share.

Leave A Reply