१५ चैत २०८०

सरिता गिरीको कुरा सत्यहो , भारतीय मुलकी नेपाली नागरिक हुन्

0

जगन्नाथ  डाँडा  कटेरी, स्पेन। मलाई ति सरिताको याद आउछ  जसले  मलाई प्रेम  गरेकी थिइन  अनि मलाइ  प्रत्येक सरिता  त्यस्तै लाग्दथ्यो  तर  यी सरिता  भन्दै पो रहेछिन् जसले  देशको भावना  अनि समय सान्दर्भिक भन्दा पनि बाहिर गएर कुरा गर्ने जानेकी रहेछिन् 

देश रोहि रहेको छ  , गुहार मागी रहेको छ  समस्या बाट कहिले मुक्त पाउने हो अझै त्रास बनिरहेको अवस्था छ  /यो अवस्था मा सरिता गिरीको भावना लाइ कसरि हेर्ने ….? भारत को नुन खाएर नेपालको राजनीति मा हाम्फाल्ने यी सरिता  भन्दा मेरो  दिल भित्रको सरिता धेरै फरक थिइन्  मेरो सरिताले  देश  भित्रको भावना अनि दुखि  गरिब र समस्याको भावना को कदर गर्न जानेकी सरिता एक गरिब मूल  भित्रको पात्रा  थिइन तर यहाँ  देश लाई हाक्छु भनेर राजनीति मा हाम्फाल्ने सरिता त  नेपालको   राजनैतिक  बातावरण  अनि समस्याको बाधक मात्र होइन उनि त भारतको  राजनैतिक  को संरक्षण  ,  अनि नेपाल को राजनैतिक र बर्तमान अवस्थाको  भावना  बिपरित पो जान तयार  भईन //

साहेद   उनलाई  नेपाल को राजनीति  भन्दा पनि भारतको राजनीति को बिषयमा निकै ज्ञान होला किनकी उनि त नेपाल को नागरिक मात्र हुन्  तर उनको भावना अनि राजनीति को छाता त भारत नै छ यसमा २ मत नहुन सक्छ 

सरिता गिरि लाइ म यहा दोस लगाउन चाहादिन  किनकी  दार्जलिंग  पनि भारत  नै हो र मुम्बई पनि भारत नै हो  तर यत्ति फरक हो  नेपाल भित्रको   महा भूकम्प ले  मुम्बई का भारतीय जनता लाई भन्दा दार्जलिंग का  भारतीय नेपाली लाइ अति दिल दुखेको छ यो कुरा कसैलाई व्यक्त गर्नु पर्दैन  सोहि अनुरुप नेपाल भित्र भारतीय दलाल  हरु जो सरिता  गिरि जस्ता  छन् उनि हरुले देश को राजनैतिक र देश भक्ति  होइन संघियताको नाम मा देश लाइ टुक्राउने अनि नेपाल लाइ सिक्कम बनाउने शैलीमा हिडेका छन्  तर उनि हरु को यो हत्वाकाक्षी पुरा हुन सक्दैन // नेपाल  आज सम्म कसिको गुलामी भएको छैन र नेपाल कसैको कोलनी पनि भएको छैन….? यो कुरा उनि हरु लाइ थाहा हुदा हुदै पनि  जमर्को गर्न खोज्नु साहेद उनि हरुको  गलत शैली हो 

यहा  चतुर अनि चलाख  राजा महेन्द्र  को प्रसंग लाइ जोडी सरिता गिरि नेपाली हरुको भावना बिपरित आपत्ति जनक शब्द बोलेकी छैन जो देश को गहन भूमिका निर्वाह पनि कुनै दिन गर्ने मौका पाएकी थिइन् 

पहाड का नेपाली या पहाड मा बस्ने तमाम दाजु भाइ लाइ  सुरक्षा को निमित्त तराई मा बसाइ सार्दा कीन  आपत्ति भयो …….?

नेपाल मा गएको  महा भूकम्प को समस्या बाट मुक्त हुन नसकेका  नेपाली हरुको नाम मा सहयोग र समस्याको समाधान को उपाय गर्न भन्दा पनि  बसाई सराई प्रति उनको कीन चासो भयो …….?

के मधेश मा यो समस्या  भएको भए  आज सरिता गिरि ले मधेस  का नेपाली लाइ  बिहार र यु पी मा लगेर राख्ने पहल भारत सरकार संग गर्ने हिक्मत  उनि मा थियो …..?  पक्कै थिएन  कीनकी उनी नेपालको हित होइन भारतको हित र भारतीय मुलका नेपाली नागरिक हो हित  अनि  नेपालको दुर्दशा  देख्न चाहान्छिन् किनकी  देश भित्रको शक्ति कम्जोर भनेको बिदेशी हरुको  हस्तक्षेप बढ्नु हो  तसर्थ उनि नेपाल को राजनीति र सामाजिक नीतिको कमजोरी चाहन्छिन  त्यसैले  यो भावना उनि दिल देखिने व्यक्त गरेकी  हुन्  यदि उनि देश भित्रका नागरिक लाइ सरल अनि राम्रो र सबै लाइ एक भावना  देख्न चाहान्थीं भने आज उनि महेन्द्र राजा  लाइ ख्याल गर्ने थिइनन //  ऊनको मन मा यो पनि छ कि तराइ हाम्रो हो अनि यहा  बस्ने सबै भारतीय मूल का नेपाली नागरिक हुन् र यसमा पहाडिया  हरु लाइ ल्याउदा यो  मुलुक भोलि संघियतामा जाने संदर्ब मा हामि ले  प्रान्त लाई सिक्किम बनाउन सक्दैनौ भन्ने भावना उनि बाट  आएको कारण ले राजा महेन्द्र लाइ सम्झना गरेकी हुन् 

Share.

Leave A Reply