१५ चैत २०८०

राहत संकलन समिति, स्विट्जरल्याण्ड गठन

0

१४ मे २०१५ स्विट्जरल्याण्ड। यहि १० मे २०१५ का दिनमा स्विजरल्याण्डको ओल्टेनमा स्विट्जरल्याण्डका बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि र अन्य व्यक्तित्वहरुको उपस्थितिमा नेपालमा महाभूकम्पले ल्याएको क्षतिमा स्विट्जरल्याण्डवासि नेपालीहरुले कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा एक बैठक बस्यो। बैठकमा स्विट्जरल्याण्डका ८ वोटा संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु सहित १७ जना व्यक्तित्वहरुको उपस्थिति रहयो। उक्त अवसरमा उपस्थितिका लागि स्विट्जरल्याण्डका सम्पुर्ण संघ संस्थाहरु लाई सम्पर्क एवं अनुरोध गरिएको जानकारी गराईएको थियो। बैठकका सहभागिहरुले स्विट्जरल्याण्डबाट भूकम्प पीडितहरुका लागि गरिएको सहयोगको प्रशंसा गर्दै अल्प तथा दिर्घकालिन योजनाहरुमा छिटो छरितो एवं प्रभावकारी ढंगले सहयोग पुर्याउनु पर्नेमा जोड दिए। ति नै उदेश्य प्राप्तिका लागि स्विट्जरल्याण्डका नेपाली संघ संस्थाहरुको राहतका कार्यक्रमहरुमा सहयोग, संयोजन, सहकार्य र समन्वय गर्दै भूकम्प पीडित क्षेत्रको पुननिर्माण र पुनस्थापनाका योजनाहरुका लागि प्रभावकारि ढंगले राहत संकलन गर्ने उदेश्यका साथ बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सदस्य रहने गरि एन आर एन ए का निवर्तमान आई सि सि सदस्य पितम गुरूङको संयोजकत्वमा एक राहत संकलन समन्वय समिति गठन गर्यो।

उक्त समितिका संयोजक, सदस्यहरु र सल्लाहकारहरुको नामावलीः

संयोजक  – पितम गुरुङ, प्रतिनिधि स्विस-नेपाली  समाज एवं पुर्व आईसिसी एनआरएनए, स्विजरल्याण्ड 

सदस्य – राम कुमार महतो,  अध्यक्ष नेपाली जनसम्पर्क समिति, स्विजरल्याण्ड

 सदस्य  -विष्णु प्रसाद थापा,  अध्यक्ष  बर्न समाज, स्विजरल्याण्ड 

 सदस्य  –  सन्तोष राई,  अध्यक्ष  बासेल समाज, स्विजरल्याण्ड

सदस्य  – देव राई, अध्यक्ष जुरिच नेपाल स्पोर्टसक्लब, स्विजरल्याण्ड 

सदस्य  – भुमि गुरुङ, संयोजक नेपाली प्रवासीमंच, स्विजरल्याण्ड 

सदस्य  – छोङडुक भोटे, संयोजक नेपाली आदिवाशी जनजातिमहासंघ, स्विजरल्याण्ड

सदस्य  – तेम्वा गुरुङ, प्रतिनिधि रोधी साँझ स्विजरल्याण्ड 

सदस्य  – विजया भट्ट, महिला प्रतिनिधि 

सल्लाहकार – माधवराज आचार्य 

सल्लाहकार – प्रमोद भट्ट 

उक्त बैठकले आवष्यकता अनुसार समितिमा सदस्य एवं सल्लाहकारहरु थप्न सकिने निर्णय गर्दै त्यसको जिम्मा संयोजक लाई दिएको छ। उक्त बैठकका अवसरमा गरिएको सहयोग संकलनमा सहाभागिहरु बाट ६७५० स्वीस फ्रान्क जम्मा भएको थियो। त्यसै गरि यहि १७ मे २०१५ मा जुरीखमा बस्ने बृहत बैठकमा यो अभियानलाई अझै स-सक्त बनाउन अन्य संघ संस्थाका अध्यक्ष, प्रतिनिधि एवं सामाजिक व्यक्तित्वहरु लाई समेट्न पहल गरिने निर्णय गरिएको थियो।

image-d330db4b0060d69a3d191858160322a571499cca80a2dbbd554ce1bd54eede80-V

Share.

Leave A Reply