१२ वैशाख २०८१

सरकारी त्रिपाल निजी गोदाममा पुर्या उने हिरासतबाट भागे

0

काठमाडौं-शक्तिशाली भूकम्प पीडितलाई बाड्न नेपाल सरकारले भारतबाट किनेर नेपाल ल्याएको त्रिपाल ब्यक्तिको घरमा पुर्‍याएको अभियोगमा पक्राउ परेका आगंटासी तामाङ भागेका छन्। महानगरीय प्रहरी बृत्त बौद्धको हिरासतमा रहेका तामाङ मंगलबार आएको शक्तिशाली पराकम्पनको मौका छोपेर भागेका हुन्।

जानकारस्रोतका अनुसार मंगलबार दिउँसो शक्तिशाली पराकम्पन आएपछि मानवीय क्षती रोक्न प्रहरीले हिरासतकक्षमा रहेका अभियुक्तहरुलाई बाहिर निकालेका थिए। पहिलो भूकम्पको धक्काबाट बौद्ध बृत्तको भवन धराप बनेको थियो। भवनको शक्तिशाली पराकम्पन आएपछि हिरासतमा रहेका अभियुक्तलाई सुरक्षित स्थानमा राख्न प्रहरीले ताल्चा खोलिदियो। भुईँतलामा रहेको हिरासतकक्षको ढोका खुले लगत्तै जोगिन भागदौड भएपछि तामाङ त्यही मौकामा भागे।
भारतस्थित नेपाली दूतावासले किनेर पठाएको ५० लाखको त्रिपाल उनले जोरपाटीमा रहेको एक नीजी गोदाममा पूर्यालएका थिए। राज्यकोषबाट किनेको सामान भारतबाट भैरहवाबाट नेपाल प्रवेश गरे पनि केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा नपुगेपछि खोजीका क्रममा जोरपाटीको निजी घरमा फेला परेपछि प्रहरीले तामाङलाई पक्राउ गरेको थियो।
प्रहरीले निजी गोदामबाट रहेको त्रिपाल फेला पारे पनि २ हजार थान त्रिपाल गायव थियो। त्यसमध्ये १ सय ७० पोका सिन्धुपाल्चोकमा फेला पारी प्रहरीले सबै सामाग्री केन्द्रीय दैविक प्रकोप उद्धार समितिमा बुझाएर तामाङलाई कारबाहीका लागी हिरासतमा राखेको थियो।

लागुऔषधका अभियुक्त अस्पतालबाटै फरार

नाइट्रोजन ट्यावलेटसहित पक्राउ परेका हरि लिम्बुको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले उनलाई उपचारका लागी वीर अस्पताल पुर्यापएको थियो। प्रहरी सुरक्षासहित अस्पतालमा उपचाररत रहेका लिम्बू पनि भूकम्पको मौका छोपेर भागे।
जानकारस्रोतका अनुसार बैशाख १२ गते शक्तिशाली भूकम्प आएपछि उनको सुरक्षामा रहेका प्रहरी, अस्पतालका अन्य बिरामी र चिकित्सकसमेत जोगिन भवन बाहिर निस्किएका थिए। भूकम्पको धक्का हराएपछि प्रहरीले लिम्बूको खोजी गर्योत तर, फेला पार्न सकेन।  
पराकम्पको धक्काकै मौका छोपेर नक्कली अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा बौद्ध बृत्तकै हिरासतमा रहेका अर्का एक अभियुक्त समेत भागेका छन्।
नक्कली डलर देखाएर ठगी गरेको अभियोगमा बौद्ध बृत्तको हिरासतमा रहेका पक्राउ २ अभियुक्त बौद्धका २ अभियुक्तसमेत भागेका थिए।
बैशाख १२ गते आएको भूकम्पमा कारागारको भवन र पर्खाल भत्किएको मौका छोपेर २ सय २० जना कैदी भागेका थिए। कारागार व्यवस्था विभागका अनुसार सिन्धुपाल्चोक कारागारको पर्खाल र भवन भत्कदा त्यहाँ रहेका २ सय १६ जना कैदी भागेका थिए।
केन्द्रीय कारागारभित्रको पर्खाल भत्किँदा १६ कैदीको मृत्यु भएको थियो भने ३ जना भागेका थिए। डिल्लीबजार कारागारको पर्खाल भत्किँदा लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक कैदी भागेका थिए।

सिन्धुपाल्चोकबाट भागेको कैदी दिल्लीमा

सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीहरु अधिकांश गम्भीर प्रकृतीको अपराधमा सजाय काटिरहेकाहरु छन्। जानकारस्रोतका अनुसार भक्तपुरलाई आधार बनाएर संगठित आपराधिक सञ्जाल चलाउने सगुन श्रेष्ठसमेत सिन्धुपाल्चोकबाट भागे।
सिन्धुपाल्चोकबाट भाग्नेमा सुन र डलर तस्करीमा कैद सजाय काटिरहेका चिनियाँ, नक्कली नागरिकता बनाउँदा बनाउँदै पक्राउ परेर जेल पुगेका भारतीय र पाकिस्तानी कैदीसमेत छन्।
सिन्धुपाल्चोक कारागारबाट भागेका एक कैदी इरफान अहमद भारतको दिल्ली पुगिसकेका छन्। आतंकबादी गतिविधीमा संलग्न रहेको भन्दै भारतीय प्रहरीले १५ वर्षदेखि खोजी गरिरहेका उनी अहिले दिल्ली प्रहरीको विशेष सेलको हिरासतमा छन्।
सन् १९९४ मा पक्राउ परी भारतको तिहाड जेलमा रहेका उनी पे रोलको सुविधामा बाहिर आएको मौका छोपी भागेका थिए। उनी ४ वर्ष अगाडि नेपाली नागरिकता बनाउने क्रममा पक्राउ परेका थिए। सो अभियोग पुष्टी भएसँगै ५ वर्ष कैद सजाय सुनाइएका उनी भारतीय सुरक्षा अधिकारीको सूचीमा इन्डियन मुज्जाहिद्धिनका सदस्यको सूचीमा छन्।
सन् २००० मा भारतबाट भागेका उनी नेपालमा पक्राउ परेदेखि नै भारतीय सुरक्षा अधिकारीले अनौपचारिक सम्पर्कमार्फत उनलाई भारत लैजान ताकेता बढाए पनि उनी पक्राउको जानकारी सार्वजनिक भएकाले सम्भव भएन।
यतै मुद्धा प्रकृया शुरु भएपछि उनलाई ५ वर्षको जेल सजाय भयो। पाल्पा कारागारमा रहेका उनी जेल सरुवाको क्रममा सिन्धुपाल्चोक पुगेका थिए।
बैशाख १२ गते कारागारबाट भागेका उनी त्यसको १२ दिनपछि उत्तरप्रदेशको बहराइचमा बैशाख २४ गते पक्राउ परेको भारतीय सुरक्षा अधिकारीले दाबी गरेका छन्।
कारागार व्यवस्था विभागका प्रमुख हिमनाथ दवाडीले कारागारबाट भागेकामध्ये केही कैदी विभागको सम्पर्कमा रहेको र उनीहरुलाई अन्य सकुशल रहेका कारागारमा पठाउने तयारी भइरहेको जाकारी दिए। उनका अनुसार भागेका केही नेपाली र २ पाकिस्तानी कैदी विभागको सम्पर्कमा छन्। अहमद दिल्ली प्रहरीको हिरासतमा पुगेकोबारे भने उनले जानकारी नभएको दाबी गरे।

भागेका कैदी खोज्न समिति

भूकम्पको मौका छोपेर भागेका कैदी खोज्न प्रहरी प्रधान कार्यालयले विशेष टोली बनाएको छ। भागेका कैदीको खोजतलासका लागी बिहीबार प्रहरी प्रधान कार्यालयका एसएसपी सुबोध घिमिरेको संयोजकत्वमा ४ सदस्यीय टोली बनाएको हो।
प्रहरी सहप्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका एसपी किरण बज्राचार्य, डिएसपी विरेन्द्रबाबु शाही र महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रमेश थापा सदस्य छन्। खनालका अनुसार सो टोलीलाई भागेका कैदीको खोजी गरी कारागारमा बुझाउने जिम्मेवारी तोकिएको छ। विभागका प्रमुख दवाडीले कारागारबाट भागेकाहरुलाई उपस्थित हुन सूचना जारी गर्ने तयारी भइरहेको बताए।

-नागरीक न्युजबाट

Share.

Leave A Reply