०८ वैशाख २०८१

नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्डको तर्फबाट महाभुकम्प पिडितको लागि आपतकालिन राहत सङ्कलन

0

बैशाख १२, २०६२ का दिन नेपाल र नेपालीको लागि कालो दिन रहयो। ईतिहासकै दोश्रो ठुलो महा भुकम्पले सात हजार ६ सय ५२ जनाको ज्यान गएको छ, हजारौको संख्यामा घाइते भयका छन् भने लाखौको घरबार बिहिन भयको तथा ठुलो धनजनको अपुर्निय क्षति र भौतिक शङ्रचना तहसनहस भए मुल्यमा यसको गणना हुनै सक्दैन। नेपालीको शान बिस्व सम्पदा सुचिमा सुचिकृत धरोहर ध्यस्त भए अनि ठुलो सङ्ख्यामा हताहति भए जसको कारण कहिल्यै मिलन नहुने गरि परिवारको बिछोड भयो भने कसैको प्रबासमा रहेका बाहेक सबैको मृत्यु भयो। सुन्दा र श्रब्यदृश्य देख्दा त मनै नथामिने कहाली लग्दो अवस्था छ भने प्रत्यक्ष पिडित बन्दाको अवस्था केबल कल्पना मात्र गर्न सक्दछौ। नेपाली आमाको काख उजाढिदा र सृगार खोसिदा कुन नेपालीको तागत मन थामेर बस्न त्यसैले प्रबाशमा रहेर बलिन्धारा आशु पिउदै घाइते दिदीबैनि दाजुभाइको उद्धार तथा राहतको लागी सबै आफ्नो कर्म भुमिमा लागिरहेका छन । कति त नेपालमा नै गै प्रत्यक्ष उद्धार तथा राहत कार्यमा सङ्लग्न भएका छन, ती सबैमा नमन गर्दछौ।

नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्ड एकिकृत ने क पा (माओबादी) पार्टीको प्रबाशी सङठन हो जो हिजोका दिनमा पनि आफ्नो निती र निस्ठामा प्रतिबद्द भै उभिरहयो र आजका दिनमा पनि कटिबद्द छ. जसले नेपाल र नेपालीको यस कठिन परिस्थितीमा आफ्नो तपशिलका कुराहरु भुल्दै स्विट्जरल्याण्ड भित्र भयका सम्पूर्ण संघ, संस्थाहरु एकताबद्ध भयर जानु पर्छ भनि संस्थागत परिधि भन्दा केहि माथि उठेर केबल नेपाल र नेपालीमन्त्र मात्र जपि रहेका छौ। गैर आवशिय नेपाली सङ्घ सबैले भन्दै आयको र नेपाल सरकार बाट पनि औपचारिक आधिकारिकता पायको संस्था भयको हुनाले स्विट्जरल्याण्डमा पनि एन आर एन कै नेतृत्व तथा अरु सम्पूर्ण संघ, संस्थाहरुको समान सहभागिता भयर जानु पर्छ भनि नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्ड ले यस कार्यमा सहभागिता जनायो।

नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्डको तर्फबाट ११११ (1111 CHF )स्विस फ्र्याक गैर आवशिय नेपाली सङ्घ स्विट्जरल्याण्डका उपाध्यक्ष श्याम घलेलाइ हस्तान्तरण गर्दै थप सम्भाबनाको खोजिमा लागि रहेको छ। साथै स्विसमा रहेका सम्पूर्ण नेपाली सघ, सस्थाहरु तथा सम्पूर्ण नेपाली दाजू भाइ दिदि बहिनिहरुमा पनि काधमा काधमिलाउदै एकताबद्ध भई सहकार्यको लागि अनुरोध गर्दै सङ्कलित रकम् प्रभाबित ब्यक्ति र उपयुक्त बस्तीगोठमा पुर्याउन सहयोग साथै राहतको लागि पठायको रकम को सही र पिढित ब्यक्तिसंग पुग्नको लागि खबरदारि गरौ भनि आब्हान पनि गर्दछौ।

पुनश्च: सहयोग संकलित रकमको नामावली केहिदिन भित्रमै समाचारमार्फत प्रकासित गर्नेछौ।

Share.

Leave A Reply