१३ वैशाख २०८१

राहतका लागि युरोपेली युनियनको ३३ करोड सहयोग

0

१५ वैशाख, काठमाडौं । युरोपेली युनियनले नेपाललाई महाविपत्तिको सामना गर्नका लागि तत्काल ३ मिलियन युरो अर्थात करीव ३३ करोड रुपैया आर्थिक सहयोग गर्ने भएको छ । युरोपेली युनियनका सदस्य मुलुकहरुले नेपाललाई अलग्गै आर्थिक सहायता र आवश्यक अन्य सहयोग दिनेछन्।

बेल्जियम, जर्मनी, फिनल्याण्ड, ग्रीस, नेदरल्याण्ड, पोल्याण्ड र स्वीडेनले तत्काले खोज र उद्धार कार्यका लागि टोली पठाउन चाहेको समेत युरोपेली युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इयुले नेपाल हरेक वर्ष प्राकृतिक विपत्तिमा परिरहेको भन्दै युनियनले यसपटक पनि नेपाललाई पूर्ण रुपमा सघाउन आह्वान गरेको छ ।

यसैबीच परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले विपत्तिको बेला सघाउन धेरै देशले आफूसँग सम्पर्क गरिरहेका बताएका छन् । हालसम्म भारत र चीनले आफ्ना विमान सहित उद्धार टोली खटाइरहेका छन् । त्यस्तै इजरायल, टर्की र नेदरल्याण्डको टिम पनि नेपालमा खटिएके मन्त्री पाण्डेले जानकारी दिए

-अनलाईनखबर

Share.

Leave A Reply