१६ चैत २०८०

युरोप स्तरिय नेपाली फूटबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अब केहि दिन मात्र बाँकी

0

आदर्णिय दाजुभाई तथा दिदी बहिनीहरु, गैर आवासीय नेपाली संघका पदाधिकारीज्यूहरु, युरोपमा रहेका बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा महानुभवहरु, लेखक, पत्रकार, संगितकर्मी ,खेलाडी साथिहरु र सामाजिक ब्यक्तित्वहरूमा एन आर एन स्विजरल्याण्ड र स्विसबासी नेपालीहरुको तर्फबाट अभिवदन टक्र्याउन चाहन्छौं ।

आउँदो जुन २७ र २८ गतेका दिन हुने युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताका लागि यही अप्रिल महिनाको ३० गते सम्म तल उल्लेखित एन आर एन ए स्विटजरल्याण्डको खातामा खेल शुल्क र खेलाडीहरुको नामावली ७०० यूरो पठाई सक्नु पर्ने छ I

मे को दोश्रो हप्ता भित्र प्रतियोगी टिमहरुको पहिलो खेल विवरण प्रत्यक्ष भिडियो मार्फत प्रकाशित गरिने भएकोले गर्दा दिएको समय भित्र कृपया सम्पूर्ण प्रतियोगी टिमहरुलाई पठाउन अनुरोध गरिन्छ I धन्यवाद I

खेल सम्बन्धि महत्वपूर्ण जानकारी – खेलाडीको संख्या १० जना हुने छ । ( खेलमा ७ जनाले खेलिने छ र ३ जना भने परिबर्तन गर्न सकिने छ ) – सम्पूर्ण टिमहरु २६ जुनको बेलुका २२.०० बजे सम्म आइपुग्नु पर्ने छ । -२६ गते बेलुका ,२७ र २८ गते बिहान सम्म खेलाडीहरुका लागि खान र बस्नको व्यवस्था गरिएको छ । – प्रत्यक टिमले अप्रिल अन्तिम सम्म ७०० युरो र १० जना खेलाडीहरुको नामावली एन आर एन ए स्विसलाइ पठाई सक्नु पर्ने छ । ( ७०० युरो – १० जना खेलाडीहरुका लागि खान,बस्न र खेल्न सहित ) Post finance Non Resident Nepali Association National National Co ordination Comittee 1200 Geneva 1 swift code – POFICHBEXXX CH74 0900 0000 8549 7960 9 Post account 85-497960-9 खेलाडीहरुको नामावली पठाउने ठेगाना धर्म गुरुङ(अध्यक्ष)- gurungdharma7@gmail.com निराजन श्रेष्ठ – snirajan2002np@hotmail.com बिदुर संग्रौला – sangroula@gmx.ch

सम्पर्क : शिव रिजाल (आइ.सी.सी स्विस) – ००४१ ७८ ८५१ ५९ ३१ धर्म गुरुङ(अध्यक्ष) – ००४१ ७६ ३७८ ३३ ७७ सुबाश पोख्रेल – ००४१ ७९१३८५५०० दिपक शर्मा खतिवडा – ००४१ ७८ ९२४ ८० ३९ शुक्र श्रेष्ठ – ००४१ ७६ ५७० ७५ ६० स्थान : Schwimmbadstrasse 7 , 5000 Aarau , Switzerland

संयोजक निराजन श्रेष्ठ -००४१ ७८ ६२५ १७ ४४ बिदुर संग्रौला -००४१ ७८ ७२८ ८४ ४६ आयोजक – एन आर एन ए स्विटजरल्याण्ड – साथमा स्विस बासी नेपाली

Share.

Leave A Reply