१२ वैशाख २०८१

हरि पौडेले सिर्जना ल्याउँदै

0

नेदरल्याण्ड्समा सिर्जना नामक कविता, गित तथा गजल संग्रह विमोचित हुने भएको छ । आगामी १९ अप्रिल  १२ बजे Jan van Galenstraat 24 1051 KM Amsterdam मा नेपाल सरकारका सुचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालद्धारा विमोचन हुने भएको हो ।   लामो समय नेदरल्याण्ड्समा बसोबास गर्दै आइरहेका स्थानिय समाजसेवी तथा गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सका पुर्व अध्यक्ष हरि पौडेलले सिर्जनाको सिर्जना गरेका हुन् । 

कवि, गितकार र गजलकारा रुपमा दरिएका साहित्यकार पौडेल उदयिमान स्रष्टा तथा एवं बहुतप्रभावशाली व्यक्तित्व मानिन्छन् । सिर्जना लेखकको पहिलो कृति हो । नेपाली भाषा, साहित्य, कला, पर्यटन प्रवद्र्धन तथा समाजसेवामा कार्यरत संस्था नेपाल विकास प्रतिष्ठान नेदरल्याण्डसले उक्त कृतिको प्रकाशन गरेको हो । प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यलाई जिवन्त राख्न प्रयास स्वरुप साहित्यिक पुस्तक सिर्जना प्रकाशन गरेका प्रतिष्ठानका अध्यक्ष शशि पौड्यालले बताए ।

उक्त कार्यक्रममा डायस्पोरामा रहेका नेपाली साहित्यकारहरु, नेदरल्याण्ड्समा रहेका नेपाली संघसंस्था तथा समुदायको उपस्थित रहने छ । प्रवासमा रहेर पनि नेपाली भाषा, कला, साहित्यको प्रवद्र्धन, संवद्र्धन तथा जगेर्ना गर्नको लागि आँफु प्रयासरत रहेको जनाउँदै विमोचन कार्यक्रममा उपस्थितीको लागि लेखक पौडेलले सवैमा अनुरोध गरेका छन् । 

Share.

Leave A Reply