१३ वैशाख २०८१

पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको निधन, पार्थिव शरीर आज नेपाल ल्याइने

0

काठमाडौ, ३ बैशाख । पूर्व प्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सुर्यबहादुर थापाको गएराती निधन भएको छ।
उपचारका लागि भारतको मेदान्त अस्पतालमा रहनु भएका थापाको गएराती निधन भएको थियो । उपचारका लागि चैत १६ गते भारत जानुभएका थापाको सफल शल्यक्रिया भएको थियो तर हिजो साँझ अचानक श्वासप्रश्वासमा समस्या आएपछि राती नै निधन भएको हो ।
थापाको पार्थिव शरीरलाई आज काठमाडौं ल्याइने भएको छ । उहाँको पार्थिव शरीर दिउँसो २, ३ बजेसम्म काठमाडौं ल्याइ पुराइने राप्रपाका प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । धनकुटाको मुगामा जन्मिनु भएका थापा ५ पटक प्रधानमन्त्री हुनुभएको थियो ।
हकी स्वभावका थापाले गएको चैत ५ गते आफ्नै निवासमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर ८८ औं जन्मदिन मनाउनु भएको थियो । संविधानसभा पार्टीको समानुपातिकतर्फका सभासद थापा संविधानसभाका ज्येष्ठ सदस्य भएकाले सभाध्यक्षको भूमिका पनि निभाउनु भएको थियो । जीवनको ६ दशकभन्दा भन्दा बढी समय राजनीतिमा बिताउनु भएका थापा हकी स्वभावका मानिनुहुन्थ्यो ।
यसैबीच राप्रपाको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले केहीबेरमा बस्दैछ । वरिष्ठ नेता सुर्यबहादुर थापाको गएराती निधन भएपछि राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले अहिले बिहान ९ बजे बैठक बोलाउनु भएको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply