१३ वैशाख २०८१

अध्यक्ष ओलीसँग यूरोपियनको टोली र भारतीय राजदूत भेटवार्ता

0

भक्तपुर, २८ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको युरोपियन युनियनको टोली र नेपालका लागि भारतीय राजदूतले आज छुट्टाछुट्टै भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासका युरोपियन युनियनका प्रतिनिधिको भेटमा संविधान निर्माणका विषयमा चासो व्यक्त भएको थियो ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले संविधान निर्माणका विषयमा भएको प्रगतिबारे प्रतिनिधिमण्डलले जिज्ञासा राखेको बताउनुभयो ।
त्यस अवसरमा ओलीले यो संविधानसभा संविधान नदिई संविधानसभा विघटन नहुने जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।
ओलीले तेस्रो संविधानसभाको कल्पनासमेत नगरेको र सकेसम्म सहमतिबाटै संविधान निर्माणका लागि अन्तिम समयसम्म पहल गर्ने, यदि सहमति नभए विधि र प्रक्रियाअनुसार संविधान बन्ने बताउनुभएको थियो ।
यस्तै नेपालका लागि भारतीय राजदूत रञ्जित रे र अध्यक्ष ओलीबीच आजै भएको भेटमा अध्यक्ष ओलीले संविधान निर्माणका लागि अब समय कुरेर बस्न नहुने र सहमति बनेका विषयलाई संविधान निर्माणको प्रक्रियामा लानुपर्ने र सहमति नभएका विषयलाई सहमतिका लागि पछि छलफलमा लैजाने जनाउनुभएको थियो । रासस

Share.

Leave A Reply