१३ वैशाख २०८१

रकि माउन्टेनको अध्यक्षमा पुन शरद

0

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका। कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था रकि माउन्टेन फ्रेन्डस अफ नेपालको शनीवार सम्पन्न पदाधिकारी चुनावमा बर्तमान अध्यक्ष शरद आचार्य पुःन विजयी भएका छन् ।

आगामी दुई वर्षे कार्यकालको लागि भएको चुनावमा आङ्खना प्रतिस्पर्दी राजु सिटौलालाई पछि पार्दै अध्यक्ष पदमा आचार्य विजयी भएका निर्वाचन संयोजक प्रकाश वस्न्यातले बताएका छन् । रकि माउन्टेन फ्रेन्डस अफ नेपालको विधान अनुसार १४ जना पदाधिकारी चयन गर्नु पर्नेमा ६ जना निर्विरोध भएकाले आज अध्यक्ष, महासचिव, र पांच जना बोर्ड अफ डाईरेक्टर्स छनँैट गर्न चुनाव भएको हो ।

अध्यक्ष्ँ र माहासचिवमा दुई दुई जना र बोर्ड अफ डाईरेक्टर्स पदकोलागि ८ जना चुनावी मैदानमा उत्रेकामा क्रमश माहासचिवमा विनोद त्रिपाठी, बोर्ड अफ डाईरेक्टर्समा बुना दाहाल ,उमेश कुमार श्रेष्ठ, राजेश शर्मा, चक्र गुरुङ र तिर्थ बिश्वकर्मा विजयी भएका हुन् ।

यसै गरि निर्विरोध चयन हुने पदाधिकारीहरुमा उपाध्यक्षमा उमेश श्रेष्ठ, कोषाध्यक्षमा मणी बस्नेत, सांस्कृतिक सचिवमा दिनेश कार्कि, जनसम्पर्कमा टिका पौडेल, महिला प्रतिनिधीमा अर्पना श्रेष्ठ र बिद्यार्थी प्रतिनीधी योगेश कोईराला रहेका छन् ।

आजिवन सदस्य र साधारण सदस्य गरि जम्मा ५ सय २० मतदाता मध्ये ३ सय २० जनाले अनलाइन मार्फत भोट हालेका थिए । त्यस्तै ५० जनाले आज बुथमा उपस्थित भई मतदान गरेका थिए । यसरी जम्मा ३ सय ७० जनाले मतदानमा भाग लिएका निर्वाचन अधिकृत वस्न्यातले बताएका छन् ।

कोलोराडोमा नेपालीहरुको सवैभन्दा पुरानो यस संस्थाको ईतिहासमा यस अघि २००९ मा पनि पदाधिकारीको लागि चुनाव भएको थियो । संस्थाको विधान अनुसार निर्वाचित पदाधिकारीको कार्याकाल दुई वर्षको हुने छ । प्रकास बस्न्यातको संयोजकत्वमा प्रकासकैनी , विजय थापारहेको तिन सदस्सिय निर्वाचन समितीले सफलताका साथ चुनाव सम्पन्न गरेको हो । कोलोराडोको ईतिहासमा नेपाली समुदाय भित्र अनलाईन मार्फत सफलताका साथ मतदान सम्पन्न गरिएको यो पहिलो पटक हो ।

Share.

Leave A Reply