०८ वैशाख २०८१

नेपाली जनसंपर्क समिति नेदरल्याण्डस्को अन्तरकृया हुदै

0

नेपाली जनसंपर्क समिति नेदरल्याण्डस्ले नेपाली काँग्रेसका केन्द्रिय सदस्य, माननीय सभाषद तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष धनराज गुरुङ्गको प्रमुख आतिथ्यता नेपालको संविधान लेखन प्रकृयाका विषयमा खुल्ला अन्तरकृया कार्यक्रम ३ अप्रिलमा नेदरल्याण्डस्को राजधानी आमस्ट्राडाममा गर्ने भएको छ । 

नेपाली दुतावास बेल्जियम, डायस्पोरामा रहेका नेपाली जनसंपर्क समिति, नेदरल्याण्डस्मा रहेको गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् तथा नेदरल्याण्ड्समा रहेका नेपाली संघसंस्थाहरुलाई समेत कार्यक्रममा उपस्थितिको लागि पत्रचार गरिएको र प्राविधिक कारणले निमन्त्रण प्राप्त नभएको भए पनि कार्यक्रममा सहभागी हुन जनसंपर्क समितिका अध्यक्ष दिपक रेग्मीले अनुरोध गरेका छन् ।

कार्यक्रम मा विहान १० बजेबाट १४ बजेसम्म De Wittenkade 111I, 1052 AG Amsterdam मा हुने  छ । 

कार्यक्रमलाई भव्य तथा व्यवस्थित बनाउनको लागि जनसंपर्क समिति नेदरल्याण्ड्सका सदस्य प्रेमजंग गुङ्गगको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । कार्यक्रमको आन्तरिक सवै गृहकार्यहरु भैरहेको र छोटो समयमा कार्यक्रम आयोजना गरिए पनि कार्यक्रम प्रभावकारी रहने गुरुङ्ग बताएका छन् ।

नेपालमा संघियताको विषय पेचिलो बन्दै गैरहेकोले संघियताका बारेम नेता धनराज गुरुङ्ग संगको अन्तरकृया भव्य तथा व्यापक हुने बताइएको छ । 

Share.

Leave A Reply