१५ चैत २०८०

कराचीमा बम आक्रमण गरी पाँच प्रहरीको हत्या

0

इस्लामाबाद, चैत १३ गते । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा शुक्रबार विहान भएका दुई फरक स्थानका बम विस्फोटमा परी कम्तीमा पाँच जना प्रहरीको मृत्यु भएको छ । थुनामा रहेका व्यक्तिलाई सुनुवाइका लागि लगेर फर्किने क्रममा एक प्रहरी भ्यानलाई बमसँग ठोक्काएर दुर्घटना गराइएको बताइएको छ ।

ती विस्फोटमा परी पाँच प्रहरीको मृत्यु हुनुको साथै अन्य १३ घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कराचीको क्वाइदाबाद क्षेत्रमा विशेष सुरक्षाबल समूहका कम्तीमा ५० जना सवार रहेको सो भ्यानलाई लक्ष्यगरी दूर नियन्त्रित यन्त्रद्वारा सो विस्फोटन गराइएको जनाइएको छ ।

सो विस्फोटमा तीन प्रहरी मारिएका छन् । भने अर्को विस्फोट पनि कराचीमै भएको थियो ।

कराचीकै अर्को चिच्लु भन्ने स्थानमा पनि यस्तै प्रकृतिको बम विस्फोट भएको थियो । सो विस्फोटमा परी दुई जना प्रहरी मारिएका छन् । मारिनेमा एकजना प्रहरी अधिकृत नै रहेका पनि समाचारमा जनाइएको छ ।

अज्ञात आतङ्ककारी समूहले एक मोटर साइकलमा सो बम जडान गरेको र प्रहरीको भ्यानलाइ लक्ष्यगरी विस्फोट गराइएको जनाइएको छ ।

स्थानीय एक टेलिभिजन च्यानल सो विस्फोटमा परी घाइते भएकामध्ये १३ जनालाई उपचारार्थ अस्पताल भर्न गरिएको छ ।

भर्ना गरिएका मध्येपनि अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइएको छ । एकजना वरिष्ठ प्रहरी अधिकारीले सो घटनाको पुष्टि गरेका छन् । रासस÷सिन्ह्वा

Share.

Leave A Reply