०७ वैशाख २०८१

विपक्षी मोर्चा सरकारविरुद्ध आन्दोलनमा

0

काठमाडौ, ११ चैत । सरकारविरुद्ध आन्दोलन गरिरहेको विपक्षी दलले आजदेखि आन्दोलन सुरु गर्ने भएका छन्।
सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन गरिरहेका छन् । ३० दलीय मोर्चाले आजदेखि नै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक स्थानमा कालो झन्डा प्रदर्शन गर्ने भएका छन्।
त्यस्तै बहिष्कार एवम् अवरोध गर्ने कार्यक्रम पनि रहेको मोर्चामा आवद्ध दलहरुले जनाएको छ । चैतको २३ गतेपछि गर्ने भनिएको आन्दोलनको तयारीका सिलसिलामा आजदेखि सांकेतिक आन्दोलन गर्न लागेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो।

Share.

Leave A Reply