१६ चैत २०८०

थाहा छ ? पासवर्ड बिना अरुले खोल्छन् तपाइँको फेसबुक अकाउण्ट

0

फेसबुक अकाउण्ट लगइन गर्नका लागि पासवर्ड चाहिन्छ । आफ्नो पासवर्ड गोप्य राखेपछि फेसबुक अकाउण्ट सुरक्षित रहन्छ र अरु कसैले खोल्न बिगार्न सक्दैन भनेर तपाइँ ढुक्क हुनुहुन्छ होला । तपाइँ हाम्रो फेसबुक अकाउण्ट कोही कोही मानिसहरुले पासवर्ड बिनै खोल्न सक्छन् भन्ने कुरा सायद थाहा छैन होला । तर हाम्रो फेसबुक अकाउण्ट खोल्नका लागि केही मानिसहरुलाई पासवर्ड नै चाहिँदैन र सिधै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोलेर हेर्न र चाहेको कुरा गर्न सक्छन् ।

आखिर को होलान् त त्यस्तो शक्तिशाली मानिस जसले पासवर्ड बिनै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोल्न सक्छन् ? अरु कुनै अनधिकृत व्यक्ति वा तेश्रो पक्षलाई त्यस्तो अधिकार हुने कुरै भएन । फेसबुकका केही कर्मचारीहरुले नै यस्तो गर्न सक्छन् । फेसबुकले आफ्नो केही कर्मचारीलाई जो कोही प्रयोगकर्ताको अकाउण्ट पासवर्ड बिनै खोल्ने सुविधा प्रदान गरेको हो ।

प्रविधि सम्बन्धि वेबसाइट भेन्चरबिटले यस्तो गोप्य तथ्यको खुलासा गरेको हो । फेसबुकका अनुसार पासवर्ड बिनै आफ्ना केही कर्मचारीलाई प्रयोगकर्ताको अकाउण्ट लगइन गर्ने सुविधा प्रदान गरिएको विषय निकै व्यवस्थित, गोप्य तथा सख्त अनुशासित उपभोक्ता सहयोग प्रणाली हो ।

यस्तो अधिकार पाएका आफ्ना कर्मचारीहरुले नियम उल्लंघन गरेको वा प्रयोगकर्ताको अकाउण्टमा कुनै गडबडी पूराएको तथा अनधिकृत काम गरेको पाइएमा तत्कालै निष्कासित गरिने प्रष्टिकरण फेसबुकले दिएको उक्त वेबसाइटले जनाएको छ ।

भेन्चरबिटले आफ्नो रिपोर्टमा फेसबुकका प्रवक्तालाई उधृत गर्दै भनेको छ, कुनैपनि व्यक्तिको फेसबुक अकाउण्टलाई खोल्ने स्वतन्त्रता केही तहमा प्रदान गरिएको हुन्छ र केही निर्धारित उद्देश्यका लागि यस्तो गरिन्छ ।

फेसबुकका सम्बन्धित कर्मचारीले निर्धारित कार्यसँग सम्बन्धित विषयका लागि प्रयोगकर्ताको अकाउण्ट खोल्न सक्छन् र सम्बन्धित कार्यका लागि आवश्यक सूचना मात्र प्राप्त गर्न सक्छन् ।

फेसबुक प्रयोगकर्ताको शंकास्पद व्यवहारको जाँचका लागि फेसबुकले यस प्रकारका दुइवटा सिस्टम स्थापित गरेको छ, जसबाट हरेक हप्ता फेसबुकले प्रतिवेदन तयार गर्दछ । फेसबुकका दुइ स्वतन्त्र सुरक्षा दलले उक्त रिपोर्टको पुनर्समिक्षा गर्छन् । यो कार्यमा संलग्न कर्मचारीहरुको अनुचित व्यवहार तथा नियम उल्लंघनलाई लिएर फेसबुकले निकै नै गम्भीर रबैया अपनाउने र अनैतिक काम गर्ने कर्मचारीलाई जागिरबाटै निकालिने फेसबुकले जनाएको छ ।

-अनलाइन खबर

Share.

Leave A Reply