११ वैशाख २०८१

“स्कुल स्कुलमा आध्यात्मिक शिक्षा पढाउनुपर्छ” – थापा

0

पोखरा – गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले समाजमा बढ्दो अपराध न्यूनीकरण गर्न आध्यात्मिक शिक्षालाई विद्यालयमा अध्यापन गराउनुपर्ने बताउनुभएको छ ।
शिवरात्रीको पावन अवसरमा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारले आयोजना गरेको ८४ औ शिवरात्री महोत्सव एवं शिवध्वजारोहण साथै स्नेह मिलन समारोहमा थापाले सो कुरा बताउनुभएको हो । उहाँले समृद्धसमाजको लागि भौतिक विकास मात्र नभइ मानवीय विकास पनि अपरिहार्य हुने कुरामा जोड दिदै शान्ति विनाको समृद्धि सम्भव नहनुे बताउनुभयो ।
ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालका निर्देशक एवं ब्रम्ह्कुमारी राजयोगीनी परिणीताले शिवरात्रीको महिमा अपरम्परा रहेको बताउनुभयो । धर्म र अध्यात्मले सधै सत्यको मार्ग देखाउने भएकाले परम्परागत मूल्य मान्यता र अलौकिक शक्तिको पहिचान गर्न सके सुख र शान्ति मिल्ने उहाँको भनाइ थियो ।
पश्चिम नेपालका महासचिव शैलेश बरालले शिवरात्रीको महिमालाई बुझ्न र मनन गर्न सके समाजमा सदाचार कायम हुने बताउनुभयो । समाजले सत्य र सही पक्षलाई बुझ्न छोडेर गलत कुराको प्रचारमा अग्रसर भएको भन्दै अब आध्यात्मिक मनहरु समाज रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा उहाँले पोखरा महानगरपालिका वडा नं ११ मा हालै शिलान्या भएको करीक २१ करोड लागतमा निर्माणाधिन दिब्य अनुभूति केन्द्रले समाजमा अध्यात्मको चेतना जगाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशेष उपस्थिती रहेको थियो भने शान्ति र्याली समेत निकालिएको ब्रहकुमार शिशिरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply