०७ वैशाख २०८१

प्रवासी नेपाली एकता मञ्च नेदल्याण्डको अध्यक्षमा प्रेमकाजी गुरुङ

0

पोखरा- नेपालको सत्तारुढ राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास समन्वय समिटि प्रवासी नेपाली एकता मञ्च नेदरल्याण्डको अध्यक्षको जिम्मेवारी प्रेमकाजी गुरुङलाई प्रदान गरिएको छ। एमाले र माओवादी एकिकरण पश्चातको पार्टी समायोजनको क्रममा नेतृत्वको जिम्मेवारी पुर्व एमालेका गुरुङलाई प्रदान गरिएको हो।

नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले नेदल्याण्डमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको एकता गरी प्रवासी नेपाली एकता मञ्च नेदरल्याण्डको गठन गरी लामो समयदेखि राजनीतिक एवम समाजसेवा गर्दै आउनु भएका पर्वत चारभञ्ज्याङ लामेका गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

समायोजित मञ्चको सचिवमा थानेश्वर गौतम, सदस्यहरुमा धन बहादुर बोहोरा, संघर्षशील केसी, टिकाराम सापकोटा, केशवराज पाण्डे, राजेन्द्र चापागाई, उदय नेपाली, विनोद बस्नेत, घनश्याम सापकोटा, चन्द्रबीर कुँवर, कृष्ण बहादुर गुरुंङ, प्रयागराज खनाल, खेम सापकोटा, लक्ष्मण रिजाल, कमल शाही, कमल रसाइली, हेम कुमार भुजेल, तारानाथ सापकोटा, बलराम पोखरेल, सुनिल गुरुङ रविन्द्र केसी, कर्ण रोका, नवराज राई, नितु श्रेष्ठ र पूजा थापा केसी रहनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

सन २०१७ मा नेकपा केन्द्रिय सदस्य राम कुमारी झाक्रीको उपस्थितिमा भएको अदिवेशनले प्रेमकाजी गुरुङलाई अध्यक्ष जिम्मेवारी प्रदान गरेको भए पनि एमाले र माओवादीको एकता पश्चात उक्त समिति भङ्गको अवस्थामा रहेको थियो। युरोप समन्वय कमिटिको इन्चार्ज बिन्दा पाण्डे रहनु भए पनि युरोपमा समिती गठन हुन नसके पश्चात नेकपा नेता अर्थात प्रवक्ता नारायणकाजी श्रेष्ठले समिति समायोजनको जिम्मा प्राप्त गरे पश्चात कमिटि प्रकृया शुरु भएको थियो।

नेदरल्याण्डको पार्टीको नेतृत्वका लागि अध्यक्षमा प्रेमकाजी गुरुङ र धन कुमार बोहोरा र महासचिवमा थानेश्वर गौतम र संघर्ष केसीले दावेदारी प्रस्तुत गर्दै आएनुभएको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको अध्यक्षतामा रहेको समायोजन समितिको निर्णय अनुसार गुरुङ र गौतम लाई अध्यक्ष र महसचिवको जिम्मेवारी दिने भएको हो। उक्त समितिको कार्यकाल भने नेकपाको केन्द्रीय महाधिवेशनसम्मका लागि भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

Share.

Leave A Reply