१३ वैशाख २०८१

पोखरामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग हुँदै

0

पोखरा – पोखरा क्रिकेट एकेडेमिको आयोजनामा माघ २९ देखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो ।

एक दिवसिय फर्मेटमा आयोजना हुने प्रतियोगितामा कास्कीका दुई टिम कास्की ए, कास्की बि सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ्ग र स्याँग्जाको एक एक टिम गरि कुल ५ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष बमबहादुर कँुवरले जानकारी दिए । यो प्रतियोगिता नाफामुलक भन्दापनि क्रिकेट विकासका लागि आयोजना गरिएको उनले बताए । प्रतियोगिता आयोजनाका लागि हाल सम्म आँपु्mहरुले कुनै ठूलो प्रायोजक पनि नपाएको उल्लेख गर्दै यो प्रतियोगिताबाट कमाउने वा बचत गर्ने लक्ष्य पनि नरहेको जनाए ।

१० दिन सम्म चल्ने प्रतियोगितामा १० खेल हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ्ग जिम्मीले बताए । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदा शिर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्ने उनले जानकारी दिए ।

गण्डकी प्रादेसिक क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितको च्याम्पियन टिमले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्या, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याच ट्रफि प्रदान गरिने पनि यस पत्रकार सम्मेलनमा एकेडेमीका प्रशिक्षक रिजन प्रजुले जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्गले जुनियर लेवलका खेलाडीलाई लक्षित गर्दै आयोजित यस्ता प्रतियोगिताबाट नवप्रतिभा खेलाडी निस्कने औल्याए । प्रतियोगिता सफल पार्न परिषद्को तर्पmबाट आर्थिक एवं भौतिक सहयोग समेत गर्ने गुरुङ्गले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले नितान्त क्रिकेट विकासका लागि आयोजित यस प्रतियोगितालाई व्यापक गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे । नेपालले महाशक्तिशालि राष्ट्रलाई समेत पराजित गर्न सक्ने भनेको खेल क्षेत्रनै हो भन्दै उनले पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रगति गरेको जनाए ।

सञ्चारकर्मी रिना थापाले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply